Birendranagar Municipality

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

भाइटीकाको उत्तम साइत मध्याह्न ११:५१ मा

सेराेफेराे

२९ असोज । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

 

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय विजय मुहूर्तको साइत रहेकाे जनाएका छन् । उनका अनुसार भाइटीकाका समय दाजुभाइ पश्चिम र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।

 

यस वर्षको यमपञ्चक असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते कुकुर तिहार र नरक चतुर्दशी, २ गते लक्ष्मी पूजा, ३ गते गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा तथा ४ गते भाइटीका परेको गौतमले जानकारी दिए ।

 

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेकाे भएतापनि शास्त्रीयरूपमा गाईको पूजा शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

२०७४ असाेज २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्