सेराेफेराे
३० असोज । आगामी मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ वटा राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरेका छन् ।
आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फको उम्मेदवारी दर्ताका लागि आवेदन दिएका थिए । तीमध्ये ५५ दलले मात्र आइतबार समानुपातिकतर्फको बन्द सूची दर्ता गराएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्