सेराेफेराे
३० असोज । रोल्पा सदरमुकाम लिवाङबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु गरिएको छ । रोल्पा यातायात प्रालिले प्रत्येक बुधबार रोल्पाकाे लिवाङदेखि भालुवाङ, नेपालगञ्ज हुँदै नयाँ दिल्लीका लागि बस सेवा शुरु गरेको हो ।
उक्त सेवामा आरामदायी डिलक्स बस रहेकाले यात्रा सुरक्षित र भरपर्दो हुने रोल्पा यातायात प्रालिले जानकारी दिएको छ । सेवा शुरु भएसँगै भारत अाउजाउ गर्ने यस क्षेत्रका जनतालाई सुविधा हुने भएको छ । प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्