सेराेफेराे
३० असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरेका थिए ।
दस्तावेज सार्वजनिक गर्दै देउवा र गच्छदारले हात मिलाएका थिए । एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको गच्छदारले बताए । उनले भने, ‘निःशर्त एकता घोषणा गरिएको छ ।’ कांग्रेसबाट अलग भइ गच्छदारले फोरम लोकतान्त्रिक गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस्