Birendranagar Municipality

खाद्यमा सुर्खेत आत्मनिर्भर

खाद्यमा सुर्खेत आत्मनिर्भर

सेरोफेरो

३० असोज । खाद्यमा सुर्खेत आत्मनिर्भर रहेको जनाईएको छ । खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाउँ, भावी बसाईसराईलाई व्यवस्थीत गरौ, भन्ने मुल नारा सहीत सुर्खेतमा ३७ औँ विश्व खाद्य दिवस मनाईएको छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले खाद्यमा सुर्खेत जिल्ला आत्मनिर्भर रहेको जानकारी गराएकोे हो ।

 

आयोजीत कार्यक्रममा जिल्ला कृषी विकास कार्यालय सुर्खेतका खगेन्द्र बहादुर खत्रीले विभिन्न सरोकारवाला निकायहरुको तथ्याङकको आधारमा जिल्ला कृषिमा आत्मनिर्भर रहेको जानकारी दिए ।

 

जिल्लाको २०७४ सालको प्रक्षेपित जनसंख्या ३ लाख ६ हजार ३ सय ६ रहेको र यहाँ आवश्यक पर्ने कुल खाद्यान ७७ हजार ६ सय ६० मेट्रिक टन रहेकोमा कुल उत्पादन खाद्यान १ लाख ३२ हजार १ सय ४५ मेट्रिक टन रहेको जानकारी दिए ।

 

जिल्लामा उत्पादन हुने मुख्य बालीमा धान, मकै, गहुँ, कोदो र जौ रहेको कार्यालयले जनाएको छ ।

 

२०७४ असोज ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्