Birendranagar Municipality

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

नेल्टा सुर्खेतद्वारा ४० विद्यार्थी दीक्षित

सेरोफेरो

३० असोज । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतले ४० जना विद्यार्थीहरुलाइ दीक्षित गरेको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित दीक्षान्त समारोहमा उनीहरुलाइ दीक्षित गरिएको हो ।


उक्त बिद्यार्थीहरुले अमेरिकन दुतावासको सहयोगमा संचालित इङ्लिस एक्सेस माइक्रोस्कलरसिप कार्यक्रम अन्तर्गत दुई वर्ष अंग्रजी भाषा अध्ययन गरेका थिए ।


कार्यक्रममा सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, दुतावासका क्षेत्रीय अंग्रेजी भाषा कार्यालयका विज्ञ विश्वराज गौतम र स्कलरसिप कार्यक्रमका संयोजक कुञ्जरमणि गौतम लगायतले धारणा राखेका थिए ।

सो समारोहमा दीक्षित विद्यार्थीहरुले विभिन्न प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

२०७४ असोज ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्