सेरोफेरो
३० असोज । एउटा सञ्चार माध्याममा प्रकाशित समाचारको खण्डन अर्काे सञ्चार माध्याममा विज्ञापनका रुपमा प्रकाशित नगर्ने सम्पादक र स्टेशन म्यानेजरहरुले प्रतिवद्धता जनाएका छन् ।
एलाइन्स फर सोसल डायलगको आर्थिक सहयोग र क्रियाशिल पत्रकार मञ्च नेपाल, सुर्खेतको आयोजनामा सोमबार वीरेन्द्रनगरमा भएको छलफलमा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।
कार्यक्रममा जिल्लास्थित सञ्चालनमा रहेका सञ्चार माध्यामहरुका साझा समस्याका बारे छलफल गरिएको थियो । संघीय संरचना अनुसार सञ्चार माध्यामहरु कसरी अगाडि बढ्ने तथा व्यावसायिक पत्रकारिताको सम्भावना र चुनौतीका बारेमा छलफल पनि गरिएको थियो ।
त्यसैगरी आवश्यक जनशक्तिको अभाव र सिमित बजारमा पनि सञ्चार माध्यामहरु आवश्यक भन्दा धेरै भएको सहभागिहरुले बताएका थिए । बजारले थेक्न नसक्ने गरी खोलिएका सञ्चार माध्यामहरु गाभेर अगाडी बढ्नुपर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले बताए ।
क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष ललितबहादुर बुढाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चार माध्यामका प्रशासक तथा सम्पादकहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्