सेरोफेरो
३० असोज । मुस्ताङ मुक्तिनाथको जिल्ला हो । भुरे टाकुरे राज्यको रूपमा यहाँ अन्तिमसम्मै राजा थिए । यही जिल्लामा नेपाल चीन युद्ध पनि भएको थियो । कवि भूपी शेरचन पनि यहीं जन्मेका हुन् ।
प्राकृतिक छटा र मनोरम दृष्यका लागि यो जिल्ला प्रख्यात छ । हिजोआज मुस्ताङ घुम्ने पर्यटकको संख्या पनि बढेको छ । यहाँ आन्तरिक पर्यटनको पनि प्रशस्त संभावना छ । स्याउ र यसबाट बनेको रक्सी मार्फा यहाँको बिषेशता हो ।
कागवेनीमा श्राद्ध गर्दा पितृमोक्ष हुने विश्वास छ । कालीगण्डकीको किनारमा शालिग्राम यहीं पाइन्छ । यही जिल्लाबाट नेपाल चीन नाका खोली व्यापार विस्तार गर्न सकिने संभावना छ । १२ तस्बिरमा हेर्नुहोस् मुस्ताङ ।










(तस्बिर : बिमल आचार्य)
प्रतिकृया दिनुहोस्