सेराेफेराे
३१ असोज । अाजबाट तिहार शुरु भएकाे छ । यमपञ्चकको पहिलो दिन मंगलबार कागलाई बिभिन्न परिकार भोजन गराएर देशैभर कागको पूजा गरिएकाे हाे ।
हिन्दु धार्मिक परम्परा अनुसार यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेकाले कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने मान्यता समेत रहेको छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म यमराज मर्त्यलाेकमा विचरण गर्न आएका हुन्छन् भन्ने धार्मिक विश्वास रहीअाएकाे पाइन्छ ।
अाज दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस पनि मनाउने गरिएको छ ।
प्रतिकृया दिनुहोस्