Birendranagar Municipality

माले प्रमुख प्रतिपक्षी एमालेको साथ छोड्ने मनस्थितीमा ।

माले प्रमुख प्रतिपक्षी एमालेको साथ छोड्ने मनस्थितीमा ।

काठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षको साथमा रहदै आएको नेकपा माले सरकारमा जाने मनस्थितीमा पुगेको छ । बालुवाटार स्रोतका अनुसार मालेका अध्यक्ष सीपी मैनाली पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री बन्दैछन् । यस अधि नेकपा एमालेका अध्यक्ष केपी वलीको सरकारमा समेत उनि उपप्रधान मन्त्री थिए । उनले आजै सपथ लिने बताइएको छ । माले संविधान संशोधनको विपक्षमा रहेको थियो ।

संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमा बहुमत संख्या पुर्‍याउने दाउमा रहेका प्रधानमन्त्री प्रचण्डले नेकपा मालेलाई उपप्रधानमन्त्री पद दिएर भएपनी सरकारमा सहभागी गराउन लागेको स्रोतको भनाई छ ।


सिपी मैनालीले नेतृत्व गरेको माले नेकपा एमालेको नेतृत्वमा रहेको ९ दलीय विपक्षी गठबन्धनमा सहभागी थियो । थ्रेसहोल्ड लागु गर्दा एमालेले साना दललाई साथ नदिएपछि गठबन्धनबाट ३ दल निष्क्रिय भएका छन् ।

प्रतिकृया दिनुहोस्