Birendranagar Municipality

माओवादी केन्द्रका मन्त्रीको पद खोसियो

सेरोफेरो
३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गरेका छन् । उनले मंगलवार माओवादी केन्द्रबाट सिफारिस भएका मन्त्रीहरुको जिम्मेवारी खोसेका हुन् । यस संगै माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् ।

 

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी समेत दिएका थिए । माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेपनि निर्वाचन सार्ने चलखल भएको भन्दै पछाडि हटेका थिए ।


प्रधानमन्त्री देउवाले गृह र परराष्ट्र लगायतका मन्त्रालय आफैं सम्हालेका छन् । राप्रपाका कमल थापालाइ उपप्रधान सहित उर्जा मन्त्रालयको जिम्वेवारी दिइएको छ ।

1

2

3

२०७४ असोज ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्