Birendranagar Municipality

आज कुकुर तिहार

आज कुकुर तिहार

सेरोफेरो
१ कार्तिक । कुकुरलाई भैरवको बाहनको रुपमा लिइन्छ । यमपञ्चकको दोस्रो दिन कुकुरलाइ मिठो परिकार खुवाएर, माला लगाइ पुजा गर्ने चलन छ । परापूर्वकालदेखि कुकुरलाई बर्षको एक पटक पूजा गर्ने चलन छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने कुकुरको मानव जातीसंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

 

हिन्दु धर्मका पुराणहरूमा कुकुरलाई यमको दूतको रुपमा लिइन्छ । सुरक्षाको अनुभुती गराउने घरपालुवा जनावर कुकुरलाइ हिन्दु धर्ममा सम्मान दिएको पाइन्छ । कुकुरमा धेरै टाढासम्मको गन्ध सूध्न सक्ने क्षमता रहेको हुन्छ जसले अपराधको अनुसन्धानमा समेत सहयोग पुर्‍याउन सहयोग गर्छ ।

२०७४ कार्तिक १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्