सेरोफेरो
१ कार्तिक । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रयोजनको लागि अलगअलग मतपत्र हुनुपर्ने माग सहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधवार रिट निवेदन उपर सुनुवाइ गर्दे माननीय न्यायधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।
राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचनका सम्वन्धमा उठेका सवालहरु मत्थर भएका छन् । सर्वेच्चको आदेश संगै सरकारले मंसिर १० र २१ मा घोषणा गरेको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन आयोग र सरकारलाई कुनै बाधा पर्ने छैन ।
सर्वोच्चको आदेश हेनुहोस्


प्रतिकृया दिनुहोस्