सेरोफेरो
२ कार्तिक । नेपाली साहित्यका चम्कीला तारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
हरेक वर्ष लक्ष्मीपूजाको दिन मनाइने जन्मजयन्ती आज पनि उनको व्यत्तित्व र कृतित्वको स्मरण गर्दे मनाइदै छ । उनको जन्म विसं १९६६ मा काठमाडौको डिल्लीबजारमा लक्ष्मीपूजाको दिन भएको हो ।
दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा चर्चित र बजार पाएको रचना हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता को झल्को पाइन्छ ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री भइ नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनुमा उनले महत्वपुर्ण भुमीका खेल्न सफल भए ।
प्रतिकृया दिनुहोस्