Birendranagar Municipality

यमपञ्चकको चौथो दिन गोवर्द्धन पूजा गरिदै

यमपञ्चकको चौथो दिन गोवर्द्धन पूजा गरिदै

सेरोफेरो
३ कार्तिक । आज यमपञ्चकको चौथो दिन घरघरमा गोवद्र्धन पूजा गरि मनाइदैछ । हिन्दुहरुले आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

 

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने चलन रहेको जानकारहरु बताउछन् ।

 

आजको दिन जमिन जोतेर मानव सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाउने चलन छ।

२०७४ कार्तिक ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्