सेरोफेरो
३ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरण मंसिर १० मा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।
दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ साथै आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण जनाइएको छ ।
दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।
३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमध्ये एमालेको भागमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–१, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला परेका छन् ।
यसैगरी माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–२, नुवाकोट–१, लम्जुङ, गोरखा–१ र २, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम दुबै, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोटका निर्वाचन क्षेत्रमा परेका छन्।
वाम एकताको क्रममा ६० र ४० प्रतिशत सिट बाँड्ने सहमति गरेका एमाले र माओवादीले पहिलो चरणको चुनाव हुने जिल्लाहरुमा ५७ र ४३ प्रतिशत सिट बाँडेका छन्।
प्रतिकृया दिनुहोस्