Birendranagar Municipality

मुख्य सचिवमा रेग्मी नियुक्त

मुख्य सचिवमा रेग्मी नियुक्त

सेरोफेरो
६ कार्तिक । मन्त्रिपरिषदको आजको बैठकले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएपछि रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।

 

क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए । उनले कात्तिक ७ गते अनिवार्य अवकाश पाउँदै छन् ।

 

मुख्य सचिवको लाइनमा रेग्मीसँगै ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी समेत थिए । वरियताक्रममा रेग्मी तेस्रो स्थानमा भएपनि उनले मुख्य सचिवको बाजी मारेका छन् ।

२०७४ कार्तिक ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्