Birendranagar Municipality

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा भुसाल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा भुसाल

सेरोफेरो
६ कार्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीर्इओमा युवराज भुसाल नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सिइओ गोविन्दराज पोख्रेलको राजीनामा स्वीकृत गर्दे भुसाललाइ नयाँ सिईओको रुपमा नियुक्त गरेको हो ।

 

को हुन् नवनियुक्त सिईओ:

 

२०३७ साल जेठ २६ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका भुषालको जम्म गुल्मी भएको हो ।

 

२०४३ मंसिर ९ मा सहायक सचिव बनेका उनी २६ पुस ०५१ मा उपसचिव बने । २०५४ कार्तिक २५ मा सहसचिवमा बढुवा भएका उनि २०६६ साउन १९ मा सचिव बढुवा भए थिए ।

 

भुसाल पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोग हुँदै २७ चैत ०७० मा उनी अर्थसचिव बने । विशिष्ट श्रेणीमा पाँच वर्ष बिताएर ९ साउन ०७१ मा अर्थ मन्त्रालयबाटै उनि सेवानिवृत्त भए ।

 

उनले निजामती सेवामा ३४ वर्ष एक महिना १७ दिन बिताएका छन् । अर्थ प्रशासनमा दख्खल राख्ने भुसाल मानविकीमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

२०७४ कार्तिक ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्