सेरोफेरो
६ कार्तिक । इलाका प्रशासन कार्यालय धरानका तीन जना नायब सुब्बा सेवाग्राहीसँग घुस रकम लिएपछि रंगेहात पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसँग २० हजार रकम घुस लिदै गर्दा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो । उनिहरुलाइ अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
२० हजार घुस रकमसहित पक्राउ पर्नेहरुमा हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदी रहेका छन् । उनीहरुलाई अख्तियारका डिएसपी मुकुन्द रिजाल नेतृत्वको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।
उनिहरुले नागरिकताको मिति सच्याउन आएका सुनसरी बराहा नगरपालिकाका प्रकाश भट्टराईसँग २० हजार रकम दिएमात्र नागरिकताको जन्म मिति सच्याइदिने भन्दै रकम असुल गरेका थिए ।
प्रतिकृया दिनुहोस्