Birendranagar Municipality

चिनमा 'सि-वाद' विधानमा समावेस

चिनमा 'सि-वाद' विधानमा समावेस

सेरोफेरो
७ कार्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्ट्रपति सि जिनपिङको विचारलाई विधानमै ‘सि जिनपिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ।

 

यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीको पकडलाई संविधानमै संस्थागत गरिदिएको छ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली नेता बनेको टिप्पणी गरेका छन्।

 

माओपछि पनि चिनियाँ नेताहरूले आफ्ना विचारहरूलाई कम्युनिष्ट पार्टीको विधानमा राखेका थिए। तर माओपछि कसैको पनि विचारले ‘वाद’ रूप ग्रहण गरेको थिएन।

 

‘सि जिनपिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बीबीसीकी चीन सम्पादक केरी ग्रेसीले टिप्पणी गरेकी छिन्।

 

प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ। हप्ता दिन अगाडि सुरु भएको पार्टीको शक्तिशाली सम्मेलनलाई तीन घन्टा लामो सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए।

(सेतोपाटीबाट)

२०७४ कार्तिक ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्