मनिषा केसी/रुकुम
९ कार्तिक । बसको छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएको फोटो खिचेर सार्वजनिक गरेको भन्दै यातायात व्यवसायी चक्रबहादुर केसीले पत्रकार महासंघ रुकुम सदस्य एवं रेडियो सानीभेरीका समाचारदाता नारायण ओलीमाथि दुव्र्यवहार गरेका छन् ।
सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिका कर्मचारी केसीले विहीबार विहान पश्चिम रुकुमको सानीभेरी गाउँपालिका –९, सिम्लीबजारमा हातपात गर्दै ज्यान मार्ने धम्की समेत दिएको पीडित पत्रकार ओलीले बताए ।
उनीमाथि भएको दुव्र्यवहारको भ्रत्र्सना गर्दै उनी आवद्ध प्रेस सेन्टर रुकुमले एक विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेको छ । सेन्टरका अध्यक्ष मेगराज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा नियम मिचेर काम गर्ने र त्यसको समाचार लेख्दा यसरी दुव्र्यवहार र धम्की दिनुले आगामी दिनमा पनि त्यस क्षेत्रको रिर्पोटिङमा समस्या आउनसक्ने बताईएको छ ।
नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले पत्रकारलाई समाचार संकलन र फोटो खिचेकै भरमा यसरी धम्की दिनु र धरपकड गर्नु स्वतन्त्र प्रेसको पक्षमा नभएको भन्दै यसको सत्य तथ्य पत्ता लगाएर दोषीमाथि उचित कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय रुकुममा भने कुनै जानकारी नआएको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताए ।

प्रतिकृया दिनुहोस्