१० कात्तिक । कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।
घटनास्थलमा फेला परेकाे जाेशीकाे सुसाइड नोटमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरें’ भनेर लेखिएकाे थियाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको थियाे ।
(रासस)
प्रतिकृया दिनुहोस्