सेरोफेरो
११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भए पनि सवैको पहिचान नखुलेको बताए ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भएको र अन्य कति यात्रु सवार थिए भन्ने यकिन भएको छैन । बसमा करीब ५० जना यात्रु सवार गरेको घाइतेहरुले बताएका छन् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ले उद्धार कार्य जारी राखेको छ ।
प्रतिकृया दिनुहोस्