१२ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल 'टान' ले पत्रकार भरतबन्धु थापालार्इ सम्मान गरेको छ ।
टानले आफ्नो ३९ औं साधारणसभा तथा महाधिबेशनको उद्घाटन कार्यक्रममा अनलाइनखबरमा कार्यरत थापालार्इ २५ हजार रूपैयाँको ‘टान सगरमाथा पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।
दैलेखमा जन्मिएर काठमाडौंलाई केन्द्र बनाई पत्रकारिता गर्ने थापालाई पर्यटन क्षेत्रमा पत्रकारिता मार्फत योगदान पुर्याए वापत ‘टान सगरमाथा पत्रकारिता पुरस्कार (२०१७ ले सम्मान गरिएको टानले जनाएको छ ।
थापा सँगै पर्यटन पत्रकार रामेश्वर कार्की, कुमार चौलागाई, अर्जुन तामाङ, शिव श्रेष्ठ, प्रकाश खालिङ, खिलक बुढाथोकी, फोटो पत्रकार जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्