Birendranagar Municipality

गृहमन्त्री निधिद्वारा राजिनामा

गृहमन्त्री निधिद्वारा राजिनामा

१७ बैशाख, काठमाडौं– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आजै पदबाट राजिनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपश्चात् उनको राजीनामा आएको हो । पार्टी नेतृत्वले आफूसंग कुनै छलफल नै नगरी उक्त महाअभियोग दर्ता गराएकोमा आपत्ति जनाउँदै उनले राजिनामा गरेका हुन् ।


प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा प्रहरी महानिरीक्षकको नियुक्ति प्रकरण उल्लेख गरिएको छ । तर, आफू मातहत रहेको प्रहरी संगठनको विषयमा आफूसंग छलफल नभएकोमा उनले पार्टी नेतृत्वप्रति समेत आपत्ति जनाएका छन् ।


गृहमन्त्री निधिले लेखेको राजीनामा पत्रमा भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहनेछु ।’ यद्धपी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति तोकिएको अवस्थामा गृहमन्त्रीको राजिनामा आउनुले कतै निर्वाचन नै बिथोलिने त होइन भन्ने शंका उत्पन्न भएको छ ।


महानिरीक्षक नियुक्ति प्रकरणदेखिनै मन्त्री नीधि आफ्नै पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग असन्तुष्ट बनेका थिए । निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोनबाट जानकारी गराउँदा राजिनामाबारे सोच्दै नसोच्न आग्रह गरेका थिए । मन्त्री निधि उपप्रधानमन्त्रीको बरीयताबारे समेत असन्तुष्ट थिए ।

२०७४ बैशाख १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्