१३ कार्तिक । निर्वाचन आचारसंहिता विपरीत सरकारले एकैपटक ३०२ जना प्रहरी निरीक्षक इन्स्पेक्टरको सरुवा गरेको छ । मंसिर १० र २१ मा हुन लागेको प्रतिनिधि र प्रदेशको निर्वाचनको आचारसंहिता लागेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको निर्णय अनुसार आवश्यकता अनुसार’ सरुवा गर्नुपरेको बताइएको छ ।
उक्त निर्णयमा कात्तिक महिनादेखिको तलबभत्ता समेत हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस्