Birendranagar Municipality

खेल पत्रकार मञ्च सुर्खेतमा अधिकारी

सेरोफेरो

१३ कात्तिक । पत्रकारिता मार्फत खेल क्षेत्रको विकास गर्ने उदेश्यले सुर्खेतमा खेल पत्रकार मञ्च गठन गरिएको छ । मञ्चको अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् ।


प्रदेश नं. ६ को संभावित राजधानी सुर्खेतमा सोमबार आयोजित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको भेलाबाट उक्त मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षमा लक्ष्मी भण्डारी, सचिवमा राजेन्द्र शाही, सहसचिवमा सुर्वण शाही र कोषाध्यक्षमा सृजना बुढाथोकी रहेका छन् । यसैगरी सदस्यहरुमा निर्मल प्याकुरेल, तिलक पौडेल, निरक कँडेल र लक्ष्य बहादुर सुनार रहेका छन् ।

 

भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले अबका दिनमा प्रदेश नम्बर ६ का खेलकुद गतिविधि सुर्खेतमा केन्द्रित हुने भएकाले यस क्षेत्रका खेल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

 

जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले ६ नम्बर प्रदेशमा हुने खेलकुदका गतिविधिहरुलाई समाचारका माध्यमबाट बाहिर ल्याउन मञ्चले सहयोग पुग्ने बताए । साथै समितिले खेल क्षेत्रमा योगदान दिने पत्रकारलाई सम्मान गर्ने पनि गिरीले बताए ।

 

भेलामा खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य कमल खत्री, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, किक बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष हरि बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

२०७४ कात्तिक १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्