Birendranagar Municipality

पूर्व सभासद ढुंगेल जेल चलान

सेरोफेरो
पूर्व सभासद ढुंगेल जेल चलान

१४ कात्तिक । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

 

प्रहरीले मंगलबार बिहान ललितपुरको सातदोबाटोबाट उनलाइ पक्राउ गरी अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको अनुमतिपछि उनलाइ जेल चलान गरिएको नेपाल प्रहरीले जनाएकाे छ ।

 

पूर्व सभासद समेत रहेका ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन् भने माअाेवादी केन्द्रले उनकाे जीवनरक्षाकाे माग गरेकाे छ ।

२०७४ कात्तिक १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्