कात्तिक १४ । सुर्खेतका सरोकारवालाले पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्यका लागि प्रतिवद्ध रहेको बताएका छन् । मंलगबार वीरेन्द्रनगरमा फ्रिडम फोरम नेपालले आयाजना गरेको पत्रकार विरुद्ध हुने अपराध सम्बन्धि दण्डहीनता अन्त्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुँरागाईले पत्रकार विरुद्ध हुने दण्डहिनता अन्त्य गर्न आफु प्रतिवद्धत भएको बताए । ‘विभिन्न समयमा पत्रकारमाथि हुने घटनाहरु दुःखद छन’ उनले भने ‘प्रेस स्वतन्त्रताका घटना हुन नदिन मातहतका कार्यालयहरुलाई पनि निर्देशन दिनेछु ।’ राज्यले पूर्ण रुपमा प्रेस स्वतन्त्रताको व्यवस्था गर्नुपर्ने भन्दै उनले परिपक्क रुपमा सूचना प्रदान गर्नु पत्रकारलाई सुझाव समेत दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले दण्डहिनता अन्त्यका लागि एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । जोखिमको स्वरुप नै दण्डहिनता भएको भन्दै सेजुवालले यसको अन्त्यको लागि सबै निकाय प्रतिवद्ध रहनुपर्ने बताए ।
यसैगरी वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले पत्रकारविरुद्ध हुने दण्डहिनता अन्त्यको लागि राज्यको भुमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्