१४ कात्तिक । वाम गठबन्धनले सुर्खेतमा संयुक्त कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
आसन्न प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनको लागि देशव्यापी गठबन्धनका गतिविधि भइरहेका बेला मंलगवार नेकपा एमाले सुर्खेत र नेकपा माओवादी केन्द्र सुर्खेतले जिल्ला स्तरिय संयुक्त कार्यकर्ता भेलाको आयोजना गरेका हुन् ।
‘सामाजिक एकता र आर्थिक सम्वृद्धिको आधार, संयुक्त वाम गठबन्धनमा स्थिर र बलियो सरकार’ भन्ने नाराका साथ आयोजित भेलामा दुवै पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीको अध्यक्षता तथा एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं ६ का सह संयोजक यामलाल कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन एमाले सुर्खेतका अध्यक्ष धु्रव कुमार शाहीले गरेका थिए । दुवै पार्टीका जिल्लाका केहि नेताहरुलाई मञ्चमा बोलाइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी यामलाल कंडेलले हुन लागिरहेको दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नर बहादुर विष्टले निर्वाचनमा को उम्मेदवार हुने भन्दा पनि गठबन्धनको जो उम्मेदवार भएपनि सबै पार्टीपंक्ति जिताउन लाग्नु पर्ने भनाई राखे । कार्यकर्ताहरुलाई उच्च मनोवलका साथ चुनावि अभियानमा लाग्न नेताहरुले आग्रह गरे । यस्ता संयुक्त कार्यक्रम वडा स्तरमा गरिने आयोजकले बताएका छन् ।
प्रतिकृया दिनुहोस्