कात्तिक १५ । बुलबुले उद्यानको संरक्षणमा सुर्खेत उपत्यका नगर विकास समितिले ध्यान दिएसंगै बुलबुले घुम्न आउनेको संख्या बढेको छ ।
बुलबुलेमा भर्खरैमात्र निर्माण गरिएको चिल्ड्रेन पार्क, चिप्लेटी, झुला लगायतका स्थलमा बालबालिकाहरु निकै रमाईरहेको देख्न सकिन्छ ।
एकपटक गएकाहरुलाई अर्कोपटक जान मन नलाग्ने गरी कुरुप भईसकेको बुलबुले उद्यानलाई सुधार गरि पर्यटकको आकर्षण बढाउने खालको बनाउन समितिले विभिन्न संघसंस्थाहरुसंग समन्वय गरेर पार्क तथा प्रतिक्षालयको निर्माण गरेको छ ।
पछिल्लो समय बुलबुले उद्यानमा विदेशी पर्यटक समेत वृद्धि भएको नगर विकास समितिका खड्कबहादुर रानाले बताए । यहि कात्तिक ८ देखि १२ सम्म चार दिनमा एक सय विदेशी पर्यटक भित्रिएको रानाले जानकारी दिए । उनले भने ‘हाम्रो लक्ष्य बढि भन्दा बढि विदेशी पर्यटक भित्र्याउने हो । यसका लागि उद्यानमा अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ ।
हाल उद्यानभित्र फोहोर व्यवस्थापन गरिएको छ । मुख्य प्रवेशद्वार देखि नै आकर्षक गमलाहरु राखिएका छन् । ताल संरक्षण गरिएको भित्तामा समेत नयाँ रङ लगाइएको छ । पार्कमा रहेका फूलहरुको गोडमेल तथा स्याहार गरिएको छ, पार्कभित्र राखिएको बुद्धको मुर्तिले झनै आकर्षण बढाएको आगन्तुकहरु बताउँछन् ।
यो पनि पढ्नुहोस्
बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’
फेरिंदै बुलबुलेको रुप, आकर्षक फूलबारी, ‘चिल्ड्रेन पार्क’ संगै व्यवस्थित ‘पिकनिक’ स्थल
प्रतिकृया दिनुहोस्