Birendranagar Municipality

हरियाली गाउँ पूर्ण सरसफाईयुक्त घोषणा

सेरोफेरो
हरियाली गाउँ पूर्ण सरसफाईयुक्त घोषणा

१५ कार्तिक । भेरीगंगा १२ हरियाली गाउँ पूर्णसरसफाई युक्त घोषणा गरिएको छ । जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना २०१६-२०२० अनुसार सुर्खेत जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने योजना अनुसार जिल्लाको पहिलो पूर्ण सरसफाइ युक्त गाउँ घोषणा गरिएको हो ।

 

कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका जित बहादुर सारु, सुन्दर नेपाल संस्था सुर्खेतका कार्यक्रम संयोजक गणेश वलीले पूर्ण सरसफाइ युक्त टोल र नगर निर्माणको शुरुवात भएको र यसलाई निरन्तता दिनुपर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले अभियानलाइ गति दिन नगरपालिका प्रतिबद्ध रहेको बताए । जिल्लाको पूर्ण सरसफाई रणनीतिक योजनाको मर्मअनुसार नगरमा सरसफाई अभियान संचालनमा गरिने समेत चन्दले बताए ।


हरियाली टोलमा ११५ घरधुरीले पूर्ण सरसफाइका ५+१ सूचक पुरा गरि घोषणा गरिएको हो । सुन्दर नेपाल संस्थाले खुला दिसा मुक्त अभियान देखि हाल सम्म सहजिकरण गरिरहेको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेलले बताए ।


घोषणा सभा भेरीगंगा १२ का वडा अध्यक्ष हरिप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

२०७४ कार्तिक १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्