Birendranagar Municipality

महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

सेरोफेरो
महिला हिंसा अन्त्य गर्न प्रहरी संगसंगै

१५ कार्तिक । सुर्खेतमा महिला हिंसा अन्त्य गर्नका लागि महिला अधिकारकर्मी, राजनीतिक दल र प्रहरी संगसंगै सहकार्य गर्ने भएका छन् । उनीहरूले जिल्ला तथा प्रदेश स्तरको समिति गठन गरी महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता समेत सबैले व्यक्त गरेका छन् ।


६ नं. प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा बुधबार भएको महिला हिंसा अन्त्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।कार्यक्रममा महिला हिंसा निम्त्याउने कारणहरुका बारेमा समेत छलफल भएको थियो ।


महिला हिंसा अन्त्य गर्न सबै एकजुट नभएसम्म सम्भव नभएकोले सबै मिलेर जानुपर्ने ६ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख रणबहादुर चन्दले बताएका छन् । सुर्खेतमा महिला हिंसाका विभिन्न घटना दिनप्रतिदिन बढिरहेका छन् । उनले भने ‘प्रहरी एक्लैले मात्रै केही गर्न सक्दैन र महिलाका क्षेत्रमा काम गर्ने निकायले मात्रै पनि सम्भव छैन । हामी सबै एकजुट भएर अगाडि बढ्यौं भने यसलाई अन्त्य गर्न सकिन्छ ।’


सुर्खेतका विभिन्न ठाउंमा घरेलु मदिरा व्यवसायका रुपमा अत्याधिक मात्रामा उत्पादन हुन्छ र जसको सेवन गरी पुरुषहरु महिलालाई कुटपिट तथा गालीगलौज गर्ने गर्दछन् । यसको अलवा बेराजगार, पुरुषवादी सोच, वैदेशिक रोजगार लगायतका थुप्रै कारणहरु समेत महिला हिंसा निम्त्याउने कारण भएको समेत कार्यक्रममा सहभागि महिला अधिकारकर्मीहरुले बताएका छन् ।

 

कार्यक्रम ६ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख रणबहादुर चन्दको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

२०७४ कात्तिक १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्