१५ कात्तिक । सल्यानको पर्यटकीय स्थल कुपिण्डेदह भ्रमण गरेर फर्किंदै गरेको भे १ ज ९२७ नम्बरको सुपर फास्ट यातायातको टाटा सुमो जीप सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ रिठाघारी भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनाबाट १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा जीप चालक सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेका देवराज कामी र वीरेन्द्रनगर ८ की धनमाया नेपाली रहेको प्रहरी निरिक्षक नरबहादुर सलामीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्