Birendranagar Municipality

मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

सेरोफेरो
मनोनयन दर्ता उल्लासपूर्ण (फोटो फिचर)

१६ कार्तिक । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मनोनयन दर्ता सम्पन्न भएको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतका अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं १ मा ध्रुवकुमार शाही (एमाले) र नेपाली काँग्रेसवाट पुर्णबहादुर खड्काको उम्मेदवारी परेको छ । यसैगरी बाम गठबन्धनबाट क्षेत्र नं २ का लागि नवराज रावत (एमाले) र काँग्रेसका हृदयराम थानीले उम्मेदवारी दिएका छन् ।

 

यस्तै प्रदेश सभाको लागि बाम गठबन्धनबाट ठम्मर विष्ट (माओवादी केन्द्र), खड्कबहादुर खत्री (एमाले), यामलाल कँडेल (एमाले) र विन्दमान विष्ट (माओवादी केन्द्र) ले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसवाट टेकबहादुर सिंह, झकबहादुर डाँगी, कमलराज रेग्मी र तप्तबहादुर विष्ट रहेका छन् ।

 

कार्यालयका अनुसार सुर्खेतमा विभिन्न १९ राजनीतिक दलहरुले मनोनयन दर्ता गराएका छन् ।

IMG_9033

IMG_8990

IMG_8978

IMG_9019

IMG_8949

IMG_9038

IMG_9082

IMG_9090

IMG_8995

२०७४ कार्तिक १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्