१७ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षीत गरि अगाडी सारिएको घोषणापत्रमा आगामी १० वर्ष भित्र २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
यसैगरी पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर (पाँच लाख नेपाली रुपैयाँ) पुर्याउने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा आगामी पाँच वर्षभित्रमा राजधानीमा रेल संचालन गर्ने, मुस्ताङमा युरेनियम उत्खनन् र प्रसोधन गर्ने, दैलेख लगाएत अन्य जिल्लामा रहेका पेट्रोलिएम पदार्थको उत्खनन् र प्रसोधन गर्ने उल्लेख छ ।
साथै उक्त घोषणापत्रमा विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिइएको छ ।
साथै हरेक स्थानिय तहमा रंगशाला र खेलमैदानको विकास गरिने समेत चुनावी घोषणापत्रमा समावेस छ ।
सामाजिक सञ्जाल र अनलाइन मिडियालाई आम जनताको सचेतना अभिवृद्धिका निम्ती सदुपयोग गरिने घोषणापत्रमा राखिएको छ ।
हेर्नुहोस् वाम चुनावी घोषणापत्रको पूर्णपाठ
प्रतिकृया दिनुहोस्