१७ कार्तिक । विद्यालय स्तरीय कानुनी सचेतना कार्यक्रम नेरा माध्यमीक विद्यालय गुर्भाकोट १२ ज्यामीरे सुर्खेतमा सम्पन्न भएको छ ।
रोलर युएनडिपीको आर्थीक सहयोगमा सुर्खेत जिल्लामा महिला, गरीव र सिमान्तकृत वर्गलाई न्यायमा पहुँचका लागि कानुनी सचेतना र सहयोग कार्यक्रम र सुन्दर नेपाल संस्था सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बालअधिकार, बालवीवाह, बालयौन शोषण र दुव्र्यवहार तथा बालबालीका सम्बन्धी ऐन २०४८ लगाएतका विषयमा जानकारी गराइएको हो ।
कक्षा ९ र १० का करीव ६४ जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक रमा प्याकुरेलले गर्नुभएको थियो भने उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक नर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्