१८ कात्तिक । डोटीको केआई सिंह गाउँपालिकामा शनिबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन ।
केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नंं. को बोलेरो जीप देउरडी भन्ने ठाउँमा दुर्घटना हुँदा चालक खेमराज ओझासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन । घाइतेलाई उपचारका लागि दिपायल पठार्इएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्