१८ कार्तिक । के भुर्केमा भूत छ होला ? भुतले स्थानियलाई निकै सताउन थालेपछि भुत भगाउनको लागि झाँक्रीहरु ‘तन्त्रमन्त्र’, ‘आलमाल’ सहित एक ठाउँ जम्मा हुन्छन् । भुत लखेट्नको लागि सबै झाँक्रीहरु आफ्नो शक्ति सहित ढ्याङ्ग्रो ठोक्दै नाच्छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका साहारेको भुर्के टोलमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन झाँक्रीहरु भूत भगाउन मेला लगाउँछन् ।
झाँक्री अगुवा टोपबहादुर बुढाका अनुसार यो मेला ३८ सालदेखि शुरू भएकाे हाे । माओवादी सशस्त्र युद्धको समयमा मेला बन्द भएता पनि शान्तिप्रकृया पश्चात पुनः मेला संचालन भएको उनले बताए ।
प्रतिकृया दिनुहोस्