कात्तिक १८ । नेकपा एमाले निकट युवा संघ नेपाल सुर्खेतले आज वीरेन्द्रनगरमा सचिवालय बैठक सम्पन्न गरेको छ । बैठकले जिल्लाका प्रदेश र प्रतिनिधिसभाका बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन प्रत्येक क्षेत्रमा युवा परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि प्रतिनिधि सभा १ को क मा राजेन्द्र सिंह, ख मा नवीन सारु प्रतिनिधि सभा २ को क मा कमल बिसी र ख मा झक्कबहादुर सिजापतीलाई संयोजकको जिम्मा तोकिएको छ । बैठकले प्रदेश नं. १ को राकम २ को रामघाट ३ को बिरेन्द्रनगर र ४ को कुनाथरीमा बैठक बसी युवा परिचालन कमिटि गठन गर्ने निर्णय गरेको युवा संघ नेपाल सुर्खेतका प्रचार विभाग प्रमुख नन्दराम खनालले बताए ।
बैठक युवासंघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाको अध्यक्षतामा बसेको थियो ।
प्रतिकृया दिनुहोस्