Birendranagar Municipality

राप्रपाले सरकार छोड्यो

राप्रपाले सरकार छोड्यो

१८ बैशाख/ काठमाडौं- अन्त: राष्ट्रिय प्रजातन्त्र पार्टिले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमवार विहानैदेखी पार्टिका शिर्ष नेताहरुका विच भएको छलफलले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारबाट फिर्ता भएपनि आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सघाउने र पूर्ण रुपमा सहभागी हुने राप्रपाले जनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले सरकारलाई चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग फिर्ता सम्बन्धि मुद्धामा कुनै चासो नदिएको भन्दै राप्रपामा निक्कै असन्तुष्टि बढेको थियो । महाअभियोग जस्तो गम्भिर कुरामा कुनै स्थान नदिएको भन्दै राप्रपाले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्