१९ कात्तिक । दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवारको बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले उम्मेदवारी फिर्ता लिएकी छन् । आइतबाट घोराहीमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी फिर्ता लिँदै वाम गठबन्धनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
ओली एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गरेकी हुन् । वाम गठबन्धनको कुरा आउनु भन्दा अगाडि नै एमाले प्रवेश गरेकी उनलाई एमाले अध्यक्ष केपी ओलीले ‘चेली तिम्रो लागी टिकट मैले आज नै सुरक्षित साथ बन्द गरेर राखिदिए’ भनेका थिए । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमले दाङबाट हामी तपाईंलाई उमेदवार बनाउँछौ भनि आश्वासन दिएका थिए । यतिमात्र हैन, नेता शंकर पोखरेलले समेत तपाईलाई टिकट निश्चित हुन्छ भनेका थिए ।
नेताहरुले आफ्नै कुरा कार्यान्वयन नगरेको भन्दै ओलीले बागी उम्मेदवारी हालेकी थिइन् ।
एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी ओलीले भनिन् ‘अब म वाम गठबन्धनका उम्मेदवारलाई जिताउन दिलोज्यान दिएर लाग्नेछु ।’
प्रतिकृया दिनुहोस्