१९ कार्तिक । सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारहरु विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिन अस्वीकार गर्दा गठबन्धनलाइ अप्ठ्यारो परेको छ ।
बाम गठबन्धनमा रहेका माओवादी केन्द्रको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईवटै प्रदेशसभाका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका माओवादीका नेताहरुले उम्मेदवारी फिर्ता लिन अस्विकार गरेका हुन् ।
प्रतिनिधिसभाको लागि माओवादीका नेता टेकबहादुर बस्नेतको उम्मेदवारी रहेको छ । विनाविभागीय मन्त्रीसमेत रहेका बस्नेत विरुद्ध पूर्व सांसद तथा माओवादीका पोलिटव्यूरो सदस्य उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् ।
प्रदेश (क) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका एमालेका गुलावजङ शाहविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व जिल्ला इञ्चार्ज भीमप्रकाश शर्मा र प्रदेश (ख) बाट उम्मेदवारी दर्ता गराएका एमाले नेता प्रकाश ज्वालाविरुद्ध उम्मेदवारी दिएका माओवादीका पूर्व छापामार जीतबहादुर पुनले पनि उम्मेदवारी कायमै राखेका छन् ।
बागी उम्मेदवारहरुलाइ माओवादी केन्द्रको जिल्ला समितिको सहयोग रहेको बताइएको छ । माओवादी सल्यानका संयोजक कर्णबहादुर बुढाथोकी छहारीका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उमाकान्त शर्मा, भिमप्रसाद शर्मा र जीतबहादुर पुनलाई जिल्ला पार्टीको नै समर्थन रहेकोले फिर्ता नलिएको बताए ।
प्रतिकृया दिनुहोस्