Birendranagar Municipality

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् ।


आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०(३० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्च्भित्र घुसेर गोली चलाएको थियो ।

 

प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

 

सामाजिक सन्जालमा राखिएको एक भिडियोमा चर्च बाहिरको इलाकालाई पुलिसले घेराबन्दी गरेर राखेको देखिन्छ ।

 

प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

 

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘भगवान सन्डरल्याण्ड स्प्रिङ्स, टेक्सासका जनताको साथ देऊ ।’

 

(एजेन्सीको सहयोगमा)

२०७४ कात्तिक २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्