तस्विर : अन्नपुर्णपोष्ट
२० कार्तिक । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको छ ।
जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले बताए ।
विमानमा दुई जना चालक मात्रै रहेको बताईएको छ। उनिहरु सकुशल छन् ।
भैरहवा विमानस्थलमा यसअघि यति एयरलाइन्सको विमान टायर नखुलेका कारण दुर्घटनामा परेको थियो।
रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।
प्रतिकृया दिनुहोस्