कात्तिक २० । नेकपा एमाले र माओवादी केन्द्रले सुर्खेतको निर्वाचन क्षेत्र नं. २ (ख) को कार्यकर्ता भेला सम्पन्न गरेको छ । पन्चपुरी नगरपालिका ५ मा सोमबार सम्पन्न बाम गठबन्धनको संयुक्त भेलाले नेकपा एमालेका जिल्ला कमिटि सचिब मोहन बडुवाललाई प्रदेश स्तरीय चुनाव प्रचार प्रसार समितिको संयोजकमा चयन गरेको छ ।
माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य पुष्पा बिष्टको प्रमुख आतिथ्यता र एमालेका प्रदेश समन्वय कमिटी संयोजक घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त भेलामा सम्बन्धित गाउँपालिका र नगरपालिकाका इन्चार्जहरुले आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । उनीहरूले बामपन्थी उमेदवारलाई शुभकामना व्यक्त गर्नुका साथै जिताउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
भेलामा एमालेका प्रदेश कमिटि सदस्य तारा देवकोटा, माओवादी केन्द्रका नेता नरबहादुर बिष्ट, एमाले नेता कुलमणि देवकोटा लगायतले आफ्नो भनाइ राखेका थिए । उक्त कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षोत्र नं. २ का उम्मेदवार नवराज रावतले जनताको मतको कदर गरिने बताए भने प्रदेश सभाका उमेदवार बिन्दमान बिष्टले देशको आवश्यकताले नै बामपन्थी गठबन्धन बनेकोले बाम गठबन्धनको जित आवश्यक रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्