Birendranagar Municipality

राप्रपाकाे घाेषाणापत्र ‘धर्मसापेक्ष हिन्दुराष्ट्र, राजासहितको लाेकतन्त्र’ (पूर्णपाठ)

सेरोफेरो
राप्रपाकाे घाेषाणापत्र ‘धर्मसापेक्ष हिन्दुराष्ट्र, राजासहितको लाेकतन्त्र’ (पूर्णपाठ)

२१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन प्रयाेजनका लागि ‘धर्मसापेक्ष हिन्दुराष्ट्र र राजासहितको लाेकतन्त्र’ समेटेकाे घोषणापत्र जारी गरेकाे छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घोषणापत्र सार्वजिनक गरिएकाे हाे । 

 

पार्टीले स्थापनाकालदेखि नै हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो । घाेषाणापत्रमा राप्रपाले राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरेकाे छ।

 

राप्रपाले सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाकाे एजेण्डलाई समेत प्राथमिकतामा राखेकाे छ। घोषणापत्रमा लेखिएको छ, ‘हामी सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापना गर्छौं ।’

२०७४ कात्तिक २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्