विश्वका केही ठाउँहरुमा यस्तो फुल पाइन्छ, जुन फुल ३ हजार बर्षमा एक पटक फुल्छ भन्ने मान्यता रहिआएको छ ।
उक्त फुललाई संस्कृतमा उडुमम्बारा भनिन्छ । जसको अर्थ स्वर्गको फुल भन्ने हुन्छ । पछिल्लो केही बर्षमा विश्वका केही ठाउँमा यो फुल देखिएको भन्ने दाबी गरिएको थियो ।
सन् २००७ मा चीनका डाक्टर डिंगले उक्त फुलका बारेमा खोज गरेका थिए । उनको बगैचामा ३८ फुलको एक गुच्छा देखिएको थियो ।
धर्तीमा पहिलोपटक यो फुल भगवान गौतम बुद्धको जन्मभन्दा पहिले देखिएको थियो भन्ने मान्यता रहेको छ । त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एउटा मन्दिरमा भगवान बुद्धको मूर्तिमाथि उम्रिएको थियो । बौद्ध ग्रन्थमा उक्त फुलको विशेष महत्व दिने गरिएको छ ।
जुन ठाउँमा यो फुल फुल्ने गरेको छ, उक्त ठाउँमा अत्यन्तै मिठो बास्ना फैलिने गर्छ । यो फुललाई नांगो आँखाले देख्न सकिँदैन । यसलाई देख्नका लागि म्याग्निफाइंग लेन्स वा माइक्रोस्कोपको आवश्यकता पर्ने गर्दछ ।
बौद्ध ग्रन्थका अनुसार यो फुल पवित्र स्थानमा मात्र फुल्ने गर्दछ । यसको बास्नाले टाढा टाढाको दुरीसम्म सुगन्धित बनाउँने गर्छ ।
(एजेन्सी)
प्रतिकृया दिनुहोस्