Birendranagar Municipality

यस्तो छ वाम गठबन्धनको साझा घोषणा (पूर्णपाठसहित)

सेरोफेरो
यस्तो छ वाम गठबन्धनको साझा घोषणा (पूर्णपाठसहित)
तस्विर: सेताेपाटी
 
२२ कात्तिक । वाम गठबन्धनले अासन्न प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रयाेजनका लागि तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले उक्त घाेषणापत्र सार्वजनिक गरेका हुन् ।

 

आगामि दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारका लागि वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ ।

 

विगतका वामपन्थी सरकारले अगाडि सारेका 'आफ्नो गाउँ आफैं बनाऔं', 'नेपालको पानी जनताको लगानी', 'घरघरमा बिजुली जनजनमा शेयर' जस्ता नारालाई पनि घोाषणापत्रमा समावेश गरिएको छ।

२०७४ कात्तिक २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्