Birendranagar Municipality

एमालेको चुनावी घोषणा पत्र जारीः केबल कारदेखि सुरुङ रेलमार्ग सम्म

१० वर्षमा जलश्रोतको परिचालन मार्फत १५ हजार मेगाावाट थप विजुली उत्पादन, एक प्रदेश एक आधुनिक औद्योगिक क्षेत्र का साथै भुकम्प प्रभावितहरुको लागि प्रिफेव भवनहरू ६ महिनाभित्र निर्माण गर्ने
एमालेको चुनावी घोषणा पत्र जारीः केबल कारदेखि सुरुङ रेलमार्ग सम्म

१८ बैशाख/काठमाडौ–नेकपा एमालेको चुनावी घोषणा पत्र जारी गरिएको छ । स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि पार्टि कार्यालय धुम्वाराहीमा आज अध्यक्ष के.पी शर्मा वलीले ५२ पृष्ठ लामो घोषणा पत्र जारि गरेका हुन् । जारी घोषणपत्रमा सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचन रहेको र यसले संघीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्ने कुरालाइ महत्वका साथ समावेश गरिएको छ । उक्त चुनावी घोषणा पत्रमा अर्थतन्त्रमा तीव्र वृद्धि :विद्युत उर्जाबाट आर्थिक समृद्धि, सामाजिक–आर्थिक रुपान्तरणको आधार : राष्ट्रव्यापी यातायात पूर्वाधार जस्ता नारा तथा योजनाहरु अगाडि सारिएको छ ।
घोषणापत्रमा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, बाह्य सम्बन्ध, ठूला पूर्वाधार र परियोजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायत सामाजिक क्षेत्र र आर्थिक विकासलाई गति दिन राज्यले नेतृत्व गर्ने र यी क्षेत्रमा व्यापक लगानी गरिने कुरा समावेश छ । आगामी १० वर्षमा आर्थिक रुपान्तरण हुने र सम्पूर्ण नेपाली जनताको उर्जा आर्थिक विकासमा केन्द्रित गर्ने गरी देशको सम्पूर्ण क्षमता परिचालन गरिने र पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गरिने भनिएको छ ।

प्रतिकृया दिनुहोस्